ढुंगा(कविता) -Raghav Raj Mudvari

Raghav Raj Mudvari

ढुंगाको भगवानलाई पुजा गर्दछ मानिस 
ढुंगाकै घरमा बस्दछ मानिस 
ढुंगै हानेर क्रान्ति गर्दछ मानिस 
रंगिन ढुंगाकै पछि लाग्दछ मानिस

ढुंगाको बाटोमा हिडदछ मानिस
सभ्यताको पहिलो औजार हो ढुंगा
ढुंगाकै प्रयोगले  सभ्यता बसल्छ मानिस  
मनभित्र ढुंगा राखेर हिडदछ मानिस 
देउता बन्ने आसमा ढुंगा बन्दछ मानिस। 

-Raghav Raj Mudvari