खुसी



जिन्दगीमा सबैभन्दा महत्वपुर्ण के होला? धन? सम्पति? सामाजिक प्रतिष्ठा? या अरु कुनै भौतिकवादी बस्तुहरु? अक्सर मानिस हरुको दिमाख मा येही आउछ होला सफलता भन्ने बित्तिकै। हामि सबैजना दैनिक प्रतिस्पर्धा गर्छौ सायद केहि लक्ष्य प्राप्त गर्नको लागि, समाजमा परिचित हुनको लागि या कसैलाई देखाउन को लागि। हामि यति सम्म नि सोच्दैनौ कि आफुले गरिरहेको कामबाट आफुलाई सन्तुस्ति प्राप्त भैरहेको छ कि छैन। हामि लाइ चिन्ता छ भविस्य को जुन हामीले देखेका समेत छैनौ जुन हामीले कल्पना समेत नगरेको पनि हुन सक्छ। भविस्य को चिन्तामा हामि हाम्रो मनको वाणी सुन्न बिर्सिन्छौ। हामि लाइ के गर्दा सन्तुस्टी प्राप्त हुन्छ, त्यो हामि गर्न बिर्सिन्छौ जुन सबै भन्दा ठुलो भुल बनिदिन्छ।

जिन्दगि आफ्नो इच्छा ले नबाच्ने हो भने तपाई पैसा कमाउनुस, ठुला ठुला महल ठराउनुस, पीएचडी गर्नुस अथवा जे सुकै गर्नुस, समाज को नजरमा तपाई सफल हुनुहोला, सम्पन्न हुनुहोला तर तपाई भित्रै बाट गरिब बन्नुहुञ्छ, दरिद्र बन्नुहुन्छ। आफुले राम्रै काम गरेपनि तपाई सन्तुस्ट हुन सक्नुहुन्न। जबकि केहि काममा तपाइको भित्रि मन नै छैन, त्यसमा लगाव नहुनु स्वाभाविक हो। त्यस्तो काम कदापी सफल हुन सक्दैन। येदि तपाइलाई केहि कुरा प्रति लगाव, झुकाव छ त, भलै त्यो काममा केहि कमजोरी होस्, त्यसले तपाइलाई सन्तुस्टी दिन्छ किनभने त्यो काममा तपाइको इच्छा छ र तपाई निरन्तर त्यस काममा खटिरहदा, त्यसको परिणाम पनि राम्रै आउछ। 

मान्छे भएर जन्मिसके पछि आफ्नो तरिका ले लुगा लगाउन पाउनु, आफ्नो हिसाबले कपाल काट्न पाउनु उसको जन्मसिद्ध अधिकार हो जुन आधिकार राष्ट्र को संबिधान ले पनि सुनिस्चित गर्छ। हरेक मान्छे को आफ्नै इच्छा आकांक्षा हुन्छ। दुर्भाग्यपूर्ण, हाम्रो समाजले मान्छे को यो इच्छा पनि सुनिस्चित गर्दैन। कसैले मुन्द्रा लगायो, लामो कपाल पाल्यो भने उसलाई ट्यापे को संज्ञा दिइन्छ। पश्चिमी मुलुकमा मानिस को मुल्यांकन उसको लगाईखुवाई भन्दा पनि उसको कामबाट हुन्छ। 

म यो भन्दिन कि हामिले पश्चिमी मुलुककै संस्कारको नकल गर्नुपर्छ तर केहि राम्रा कुरा हरु लागु गर्न सकिन्छ। जबकि हामि हाम्रो शैक्षिक प्रणाली पूर्णत: पश्चिमी शैक्षिक प्रणाली झैँ लागु गर्न चाहन्छौ, आफ्नो छोराछोरीले अंग्रेजी फरर बोलेको सुन्दा गर्व मान्छौ, हामि कसैले पश्चिमी अथवा युरोपेली फूटबल खेलाडीबाट प्रेरित भएर उनीहरु झैँ कपाल काटेको देख्दा हामीलाई पच्दैन र उसलाई खलासी को संज्ञा दिन्छौ। येदि शैक्षिक प्रणाली पश्चिमी हो भने गुरुकुल प्रणाली बाटै शिक्षा दिने प्रचलन बसालौ नत्र कसैले आफ्नो इच्छा अनुसार कपाल काट्यो, लुगा लगायो भने गालि गर्ने, बिसेसगरी स्कुल-कलेज तिर धम्क्याउने, बेइज्जत गर्ने पद्धती बन्द गरौ। जो मान्छेले आफ्नो इच्छा अनुसार बाच्न पाउदैन, उ जिन्दगी मा कहिले खुसि रहन सक्दैन। त्यसैले सबैजनाले आफ्नो सोच बदल्न जरुरि छ। सोचको दयारा फराकिलो बनाउने हो भने सबै कुरामा सकारात्मकता देख्न सकिन्छ र सदैव खुसि रहन सकिन्छ।
-रोहण राज मुडभरी 
OldestNewer